नेप्लिज सोसाइटी अफ पेरिओडोन्टोलोजीको अध्यक्षमा डा. रिता सिंह

काठमाडौंँ, १४ फागुन । गिजारोग तथा दन्त प्रत्यारोपणसम्बन्धी विशेषज्ञहरुको सङ्गठन (नेप्लिज सोसाइटी अफ पेरिओडोन्टोलोजी एन्ड ओरल इम्प्लान्टोलोजी)को अध्यक्षमा डा रिता सिंह निर्वाचित भएकी छन् ।

शुक्रबार आयोजित सोसाइटीको तेस्रो साधारण सभाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यससमितिका उपाध्यक्षमा डा सुरेन्द्रमान श्रेष्ठ, कोषाध्यक्षमा डा जुनिमाराज कर्णिकार र महासचिवमा डा रञ्जीता श्रेष्ठ निर्वाचित भएका छन् ।

नवनियुक्त अध्यक्ष सिंहले नेपालमा दन्त रोगबारे जानकारी भए पनि गिजाको समस्या र सेवाबारे धेरैलाई जानकारी नभएको बताउँदै यसको प्रचारप्रसार गरी गिजा तथा दन्त प्रत्यारोपण सेवाको स्तरवृद्घिमा विशेष जोड दिइने बताइन् ।

यसअघि डा शैली प्रधान सो संगठनकी अध्यक्ष थिइन् । गिजारोग विशेषज्ञ, दन्त चिकित्सक र एमडिएस अध्ययनरत विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा हङकङ, बेलायत र भारतका विशेषज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *