पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

विराटनगर, १४ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ ।

केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो ।

अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ ।

यस्तै पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान्–श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *