भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

भोजपुर, १२ फागुन । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता देशव्यापीरुपमा थालिएको हात्तीपाइले रोग निवारणसम्बन्धी अभियानको छैटौँ चरणमा आइपुग्दासम्म भोजपुरमा अपेक्षितरुपमा नियन्त्रणमा आइनसकेकाले पुनः यस वर्ष निरन्तरता दिइने जनाएको हो ।

अभियान थालिएको पहिलो वर्षमा टक्सार र जरायोटार गाविसको नमुना सङ्कलनबाट कुल जनसङ्ख्याको ४० प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले सङ्क्रमण देखापरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए ।

नियन्त्रणका लागि यही फागुन २१, २२ र २३ गतेसम्म पाँचसय ६७ केन्द्रमा औषधि वितरण गर्ने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यसका लागि जिल्लाभरबाट चारसय ३५ स्वास्थ्यकर्मी, एकहजार एकसय तीन महिला स्वास्थ्य स्वयम्सेविका खटिने भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *