एक मात्र सन्तानको दुवै मिर्गौला फेल, परिवारमा बज्रपात

(लक्ष्मीप्रसाद सापकोटा) पर्वत, १२ फागुन । दुवै मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचार गर्न नसकेका यहाँका एक बालकको परिवारले उपचार खर्चका लागि सहयोग गरिदिन अपिल गरेका छन् ।

पर्वत जिल्लाको तिलाहार–७ रातामाटाका १९ वर्षीय कृष्णबहादुुर लामिछानेको उपचारमा सहयोग गरिदिन परिवारले सबैसँग आाग्रह गरेको हो । स्थानीय नवजागृत माविमा कक्षा १० मा अध्ययनरत छात्र लामिछाने विगत डेढ महिनादेखि मिर्गौला पीडित बनेका हुन् ।

माघ पहिलो साता पेट तथा कोखा दुखेपछि परीक्षण गर्न अस्पताल पुगेका लामिछानेका दुवै मिर्गौला फेल भएको पाइएको थियो । उनलाई तत्काल मिर्गौला प्रत्यारोपण गर्नका लागि चिकित्सकले सुझाव दिएका छन् ।

परिवारका एक मात्र सन्तान कृष्णबहादुरका बाबु मनबहादुर लामिछाने दैनिक मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका छन् । जग्गाको नाममा आधा हल बारी र आधा हल खेतबाहेक अन्य आम्दानीको स्रोत नभएको लामिछानेको परिवारमा बज्रपात परेको छ ।

उता आमा कृष्णकुमारी लामिछाने पनि विगत लामो समयदेखि दमको रोगी छिन् । छोरालाई राम्रो शिक्षादीक्षा दिउँला र ठूलो भएपछि प्रशस्त धन कमाएर वृद्ध बाबुआमालाई राम्रोसँग पालनपोषण गर्ला भन्ने आश बोकेर जीवनभर मजदुरी गर्दै आएका पीडित कृष्णबहादुरका बाबु मनबहादुरका आँखा विगत डेढ महिनादेखि ओभाएका छैनन् ।

ढिलोगरी विवाह गरेका उहाँको परिवारमा ढिलै गरी कृष्णको जन्म भएको थियो । कृष्ण मनबहादुरका एक्ला सन्तान हुन् ।

बूढेसकालमा छोराको कमाई खाने बेलामा उसैको उपचारका लागि हात थाप्दै हिँड्नु परेको बुधबार सदरमुकाम कुश्माबजार आइपुगेका मनबहादुरले रुँदै भने। सोच्दै नसोचेको घटना आइलाग्यो अब कसरी उपचार गर्ने हो, उनको दुःखेसो छ ।

गण्डकी अस्पताल पोखरामा डायलाइसिस गराएपछि उनी अहिले छोराको मिर्गौला परिवर्तनका लागि सहयोगको अपिल गर्दै भौँतारिरहेका छन् । अहिले गाउँलेको सहयोगमा उपचार गर्दै आएको उनी बताउछन्। चिकित्सकले मिर्गौैलाबाहेक रु १२ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि उनी सहयोगको अपिल गर्दै विभिन्न सङ्घसंस्था र सञ्चार माध्यम गुहार्दै हिँडिरहेको बताए।

उमेरले ६० पुगेका मनबहादुर पाएसम्म आफन्तबाट मिर्र्गौला प्रत्यारोपण गर्ने र नपाएमा छोराको जीवन रक्षार्थ आफ्नै मिर्गौला दिने सोचमा समेत पुगेका छन् । म बरु छिट्टै मरे पनि पछुतो छैन मेरो मिर्गौलाले काम ग¥यो भने छोराले त नयाँ जीवन पाउला उनले भने । मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएका उनले आवश्यक सहयोग गरिदिन सरकारी तथा गैरसरकारी निकाय र सङ्घसंस्थासँग मागसमेत गरेका छन् ।

कृष्णको एलएलसी परीक्षासमेत नजिकिँदै गएको छ । परीक्षाको बेलामा उनी घरमै आराम गरेर बसेका छन् । घर र विद्यालयको दूरी टाढा रहेकाले पढाइ नै बिगारेर बस्नुपर्ने बाध्यता रहेको छ ।

नवजागृत माविका शिक्षक हरिबहादुर लामिछानेले मिर्गौैला पीडित कृष्ण जेहेन्दार र एसएलसी परीक्षा सहजै राम्रो अङ्क ल्याएर पास गर्न सक्ने विद्यार्थी भएको बताए । उनले कृष्णको उपचारका लागि विद्यालयले समेत अभियान चलाएको र हालसम्म रु एक लाख २० हजार सहयोग सङ्कलन भएको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *