‘न्याम्स’ले पायो ५२० रोपनी जग्गाको लालपुर्जा


काठमाडौँ, १२ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले भक्तपुरको दुवाकोटमा खाली रहेको ५२० रोपनी १० आना जग्गा आफ्नो नाममा गरेको छ । मालपोत कार्यालय भक्तपुरले पाँच दिन अघि चाँगुनारायण नगरपालिका ११ र १४ वडामा पर्ने दुवाकोटको झौखेलमा रहेको सरकारी जग्गा न्याम्सको नाममा नामसारी गरेको हो ।

‘हामीले न्याम्सका नाममा ५२० रोपनी १० आनाको जग्गा धनी प्रमाणपत्र ( लालपुर्जा ) पाएका छौँ,’ उपकुलपति प्राडा गणेश गुरुङले बताए ।

उपकुलपति कार्यालय, एकेडेमिक व्लक सहित बीर अस्पतालको अत्याधुनिक अन्तर्राष्ट्रिय अस्पतालको सेवा विस्तार गर्न गत ७ साउनको मन्त्रिपरिषद बैठकले झौखेलको जग्गा न्याम्सलाई दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार ५२० रोपनी १० आना जग्गाको लालपुर्जा आफूहरुले पाएको उपकुलपति प्राडा  गुरुङले बताए ।उनले लालपुर्जा पाएसंग योजना अघि बढाउन बाटो खुलेको बताए ।

भक्तपुरको झौखेलमा रहेको जग्गा

मुलुककै सबैभन्दा जेठो अस्पताल बीरलाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने सरकारको योजना अनुरुप जग्गा खोजी गरिएको थियो । न्याम्सको हाल रहेको ठाँउमा कार्यालय, एकेडेमिक व्लक तथा अस्पताल सेवा सञ्चालन गर्न साँघुरो भएकोले नयाँ ठाँउमा जग्गा खोजिगरिएको थियो । सोही अनुसार भक्तपुरमा उपयुक्त जग्गा भेटिएको थियो ।

भक्तपुरमा अन्तराष्ट्रिय स्तरको अस्पताल बन्ने भएपनि हालको बीर अस्पताल भने यथास्थानमै रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *