एचआइभीको उपचारका लागि नयाँ रणनीति अपनाउदै भियतनाम

हानोई, १२ फागुन । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी÷एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान गरेका छन्।यस सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।

भियतनामको एचआइभी/एड्स रोकथाम तथा नियन्त्रण निकायका प्रमुख न्युयन होङ लङले एचआइभी/एड्स रोकथाम तथा नियन्त्रणका लागि अप्नाइएको रणनीतिमा सुधार गर्नुपर्ने र उपचार सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताए ।

भियतनामको सरकारी समाचार संस्था भिएनएसँगको कुराकानीमा उनले भियतनाममा झन्डै दुई लाख पाँच हजार जना एचआइभी सङ्क्रमित भएको सरकारी तथ्याङ्क रहेको जानकारी दिए । तीमध्ये एक लाख १५ हजार ५९४ जनालाई मात्रै उपचारको शिलशिलामा रहेका उहाँले बताए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *