स्पार्क हेल्थ होम अस्पताल २५ बर्षमा, मनायो रजत जयन्ती

काठमाडौँ, ११ फागुन । काठमाडौँ, ११ फागुन । योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पु¥याउने भएको छ । विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगलाई ती चिकित्सा प्रणालीमार्फत सो अस्पतालले उपचार गर्दै आएको छ ।

कालिमाटीमा रहेको सो अस्पतालले आफ्नो शाखामार्फत पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, दमौली जस्ता सहरमा पनि सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल स्थापनाको २५ औँ वर्ष अर्थात् रजतवर्षका उपलक्ष्यमा अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सबै प्रदेशसहित सबै जिल्लामा आफ्नो सेवा पु¥याउने योजना अघि सारेको सो अस्पतालले जनाएको छ ।

अस्पतालले फिजिरोथेरापी, योग, ध्यान तथा प्राकृतिक जडिबुटीका औषधिमार्फत उपचार गर्दै आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए ।अस्पतालले हालसम्म दश लाख भन्दा बढी बिरामीलाई सेवा दिइसकेको पनि बताए ।

यसैबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले स्वस्थ खानपान र जीवनशैली अपनाउन सुझाव दिएका छन् । पछिल्लो समय अस्वस्थकर खानपान र बदलिँदो जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढेको भन्दै त्यसप्रति सतर्क रहन आग्रह गरेका हुन् ।

स्पार्क हेल्थ होम अस्पतालका २५ औँ बार्षिक उत्सव समारोहमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले नसर्ने रोगको जोखिम घटाउन अहिले चुनौती रहेको बताए । स्पार्कले योग, ध्यान, प्राकृतिक चिकित्सा एवं मर्मचिकित्साबाट बैकल्पिक उपाय खोजी गर्दै हजारौ विरामीलाई सेवा दिइरहेको भन्दै उनले भविस्यमा थप प्रभावकारी रुपमा सेवामा विश्वास लिएको बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष पौडेलले आधुनिक चिकित्सा पद्धतीबाट उपचार हुन नसकेका केसहरुलाई बैकल्पिक चिकित्सा पद्धती लेजरथेरापी, फिजियोथेरापी, आयुर्वेद, अकुपन्चर, आदि हानीरहित पद्धतीबाट सेवा दिदै आएको जानकारी दिदै उनले साढे दुई दशकमा विरामीको मन जितेको बताए ।

उनले आफ्ना कर्मचारी तथा चिकित्सक मुस्कान सहितको सेवा दिन आग्रह गरे । काठमाडौँ सहित ९ ठाँउमा शाखा खोलेको स्पार्कले काठमाडौँमा दैनिक डेढ सय बढी विरामीलाई सेवा दिने गरेको बताए ।

कार्यक्रममा १० बर्ष बढी काम गर्ने १८ जना कर्मचारी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । सोही अवसरमा मन्त्री कार्कीले अस्पतालले तयार गरेको स्पार्क स्मारिका २०७३ को विमोचन गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *