लोपोन्मुख जडिबुटी फेला

बनेपा, १० फागुन । काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन् ।

महाभारत शृङ््खलाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला परेको जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिए ।

खासगरी ओखर, लौठसल्ला, जटामसी, सतुवा, सतिसाललगायत जडीबुटी काभ्रेपलाञ्चोकका लागि लोपोन्मुख तथा सङ्कटापन्न अवस्था रहेको मानिएका छन् । “प्राकृतिक रुपमा भएको दोहन र वन डढेलोका कारण जडीबुटी सङ्कटापन्न अवस्थामा छन्” जिल्ला वन अधिकृत खनालले भने ।

उनले जडीबुटी संरक्षणका लागि सामुदायिक वनलाई निःशुल्क रुपमा जडीबुटी वितरण भएको र जडीबुटीसम्बन्धी उद्योगमा अधिकतम रु १० लाखसम्म अनुदान दिइने जानकारी दिए ।

जिल्लामा दुई सय प्रजातिका विभिन्न जडीबुटी छन् । तीमध्ये ८१ वटाको मात्र पहिचान भएको जिल्ला वन कार्यालय, धुलिखेलले दिएको तथ्याङ्कमा उल्लेख छ । जडीबुटी मानव समुदायका लागि औषधिका रुपमा प्रयोग हँुदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *