बिरामीका आफन्तले डाक्टर कुटेपछि लुम्बिनी अञ्चल अस्पतालको सेवा ठप्प

2.9k
Shares

बुटवल, ९ फागुन । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको विरोधमा बिहानैदेखि चिकित्सकले सुरक्षाको माग गर्दै सेवा अवरुद्ध गराएका छन् ।

आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा। सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ ।

गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकष्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गालीगलोज गरेको चिकित्सकले बताएका छन् । घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् ।

चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुवै पक्षबीच वार्ता भइरहेको बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *