विदेशबाट आएका १६ हजारले लिए ‘हेल्थ डेस्क’बाट परामर्श

काठमाडौँ, ३ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित देशका विभिन्न सात नाकामा राखिएको स्वास्थ्य परीक्षण सहायता कक्ष (हेल्थ डेस्क)मा अहिलेसम्म १५ हजार ९८१ जना व्यक्ति आफ्नो स्वास्थ्यबारे परामर्श लिन आएका छन् ।

विदेशबाट आएका पर्यटक तथा नेपाली यात्रुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न सरकारले दुई बर्ष अघि देखि नै अन्तराष्ट्रिय विमानस्थल सहित भारतसंग जोडिएका मुख्य सात नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । हेल्थ डेस्क रहेका ती नाकाहरुमा भैरहवा नजिकको सुनौली नाका, बिराटनरगको रानी नाका, झापाको काडकभिट्टा, नेपालगञ्जको जमुनाह, महेन्द्रनगरको गड्डाचौकी र चीनसंग सिमा जोडिएको रसुवा गडी नाका रहेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा भीम आचार्यका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आर्थिकवर्ष २०७२/०७३मा ९३१ जना र ०७३/०७४को हालसम्म ३२० जना सम्पर्कमा आएका छन् ।

काँकडभिट्टामा रहेको हेल्थ डेस्कमा गतवर्ष १ हजार विरामी सम्पर्कमा आएका थिए । चालु आर्थिक बर्षमा ३ सय बढी व्यक्ति सम्पर्कमा आएका छन् ।

त्यस्तै भैरहवाको सुनौली नाकामा गतवर्ष ४५० जना र चालु आवको अहिलेसम्म ८४ जना आएका छन् ।  गतवर्ष १३ हजार बढीले सम्पर्क गर्न आएको नेपालगञ्जस्थित जमुनाहा नाकामा यसपटक अहिलेसम्म १३ जना मात्रै सम्पर्क आएका छन् ।

त्यस्तै महेन्द्रनगरको गड्डा चौकीमा गतवर्ष ६ सय जनाले सम्पर्क गरेका थिए भने यसपटक २ जना मात्रै सम्पर्कमा आएका छन् ।विराटनगरको रानी र रसुवागडी नाकमा भने कति सम्पर्क आए भन्ने तथ्यांक विभागसंग समेत छैन् ।

दुई बर्ष अघि अफ्रिकी मुलुकमा इबोला रोग फैलिएपछि सतर्कता स्वरुप नेपाल सरकारले विमानस्थल सहित विभिन्न ७ नाकाहरुमा हेल्थ डेस्क स्थापना गरि सञ्चालनमा ल्याएको थियो । यद्धपी ती हेल्थ डेस्क त्यति प्रभावकारी भने भएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *