पूर्व मन्त्रीबाट रेडक्रसलाई १५ लाख बराबरको जग्गा दान

 

रोल्पा, २ फागुन । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गरेका छन् ।

मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खानेपानी सरसफाइ तथा स्वच्छता योजनाअन्तर्गत छ कोठे आधुनिक अपाङ्गमैत्री शौचालय निर्माण गरिनेछ । पछि माथिल्लो तला निर्माण गरी उपशाखा कार्यालय स्थापना गरिने छ ।

पूर्व मन्त्री घर्तीमगरले सधैँ सेवा भावले कटिबद्ध रहने र पीडितको उद्धारमा खटिरहने रेडक्रसप्रेमीका लागि आफूले जग्गा दान गर्न पाउँदा खुसी अनुभव गरेको प्रतिक्रिया दिए ।
पूर्व मन्त्री घर्तीले यसअघि सुलिचौर रोल्पामा शव गृह निर्माणका लागि खोला किनारमा एउटा घडेरी र इलाका प्रहरी कार्यालय, सुलिचौरमा रोल्पा एउटा घडेरी गरी दुईवटा घडेरी दान गरिसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *