निःशुल्क मुटु र मिर्गोला जाँचमा तीन सयले सेवा लिए

काठमाडौँ, २९ माघ । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज रासस परिसरमा भएको निशुल्क मुटु र मिर्गौला परिक्षणमा झन्डै तीन सय जनाले जाँच गराएका छन् ।

राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा भएको सो निशुल्क परिक्षणमा राससभित्रका पत्रकार, कर्मचारी र उनका परिवार तथा विभिन्न सञ्चारमाध्यामका पत्रकारहरुले स्वास्थ्यपरीक्षण गरिएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमलाल वैद्य, डा उर्मिला शाक्य, डा लक्षेश्वर प्रधान शाह, डा ज्योत्स्ना पराजुली, डा प्रज्ञा सिलवाल, डा भरोसा शर्मा र डा अपूर्व श्रेष्ठको टोलीले २८८ जनाकोे मुटु परीक्षण गरेका थिए ।

जसमध्ये चारजना बालबालिकाको मुटुमा समस्या देखिएकोले थप उपचारका लागि सिफारिस गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काडमाडौँका ल्याब टेक्निसियनद्वय राजकुमार मिश्र, भोलानाथ पौडेल र रुपा बुढाथोकीले १९३ जनाको मिर्गौला परीक्षण गरृका थिए । त्यसैगरी १३४ जनाले मधुमेह रोगको जाँच गराएका थिए। जाँच गराएकामध्ये अधिकाश युवामा उच्च रक्तचापको समस्या देखिएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मुटुरोगका कारण बर्सेनि धेरै मानिसले ज्यान गुमाएको भन्दै मुटुरोग नै नलाग्ने गरी अगाडि बढ्न अहिलेको आवश्यकता रहेको बताए ।

उनले युवा र महिलामा धेरै मुटुरोग हुने गरेको बताउँदै यो रोगप्रति सचेत भई जीवनशैलीमा र खानपानमा ध्यान दिन आग्रह गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *