स्वास्थ्य मन्त्रालयकेन्द्रीत सीअहेवको आन्दोलन कहिलेसम्म ?

काठमाडौँ, २६ माघ । स्तरबृद्धि भई पदस्थापनको माग राखि झण्डै डेढ महिना देखि स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलन गर्दै आएका सीअहेवहरुले बिहीबार (भोलि) पछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका छन् । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भन्दै उनीहरुले आन्दोलनको स्वरुप पनि मन्त्रिपरिषद्को बैठकपछि आउने निर्णयका आधारमा तय गरिने जानकारी दिएका छन् ।

स्तरबृद्धि भएका तर पदस्थापन हुन नसकेका सीअहेवहरुले लामो समय देखि आन्दोलन गर्दै आएका छन् । उनीहरुको आन्दोलनमा स्वास्थ्यकर्मी युनियन नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अलि नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र नेपाल स्वास्थ्यकर्मी संघले ऐकेवद्धता जनाएका छन् ।

पदस्थापनको विषयमा भएको आन्दोलन र भावि रणनीतिको बारेमा छलफल गर्न मंगलबार बसेको सात वटा संगठनको बैठकले विहीबारको मन्त्रिपरिषदको बैठकपछि नयाँ रणनीति अघि सार्ने घोषणा गरेका छन् ।

‘अव आन्दोलन यहि रुपमा रहँदैन,’ राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष भक्तिमान सुव्बाले भने, ‘कि त ब्याक हुन्छाँै कि त चर्काएर लान्छौँ ।’  उनले भोलीको मन्त्रिपरिषद बैठकमा आफूहरुको माग कार्यान्वनयका विषयमा सरकारले केही निर्णय गरे आन्दोलन रोकिने र नगरे थप चर्काउने योजना भएको बताए ।

त्यसो त पदस्थापन गर्नुपर्ने आन्दोलनको बिषयमा तत्काल सम्वोधन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मी युनियन नेपाल, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, अलि नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र नेपाल स्वास्थ्यकर्मी संघले सयुक्त विज्ञप्ती समेत जारी गरेका छन् ।

उनीहरुले भोलीको मन्त्रिपरिषदको बैठकमा आफूहरुका विषयमा केही निर्णय नभए मन्त्रालय केन्द्रीत आन्दोलन थप चर्काउने र आकस्मिक सेवा बाहेक जिल्ला तथा राष्ट्रिय स्तरबाट हुने अभियानहरु तालिम तथा गोष्ठि तथा नियमित कार्यक्रमहरु समेत रोक्ने निर्णय गरेका छन् ।

पदस्थापना नहुँदा स्तरबृद्धि भई छैटौँ तहमा पुगेका सीअहेवले स्वास्थ्यचौकीमा पाँचौ तहको हेल्थ असिस्टेन्टको मातहतमा रहेर काम गर्न परेको भन्दै आन्दोलन गरेका हुन् । उता हेल्थ असिस्टेन्टहरुले भने नेतृत्व आफैले गर्नपाउने माग गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्य मन्त्रालयकेन्द्रीत सीअहेवको आन्दोलन कहिलेसम्म ?

  1. Sreeman talaiko yas patrika ma kahilaipani uchhit pad sambpdhan bhyeko dekhidaina hamro anurodh haami sr.AHW. Hoinu hami hamro pad sr.AHWOfficer ho tyaskaran tapai ko yas sammanit patrikama Chapda hochyayera na lekhidin anurodh dathi yo andolan hami 6th ko matraipani hoina padsthapana garera jimmewari na payeka sabai 5,6,7ko pani ho ra mukhya kura swasthya yen ko karyanbyan ho hami bahiri kehi pani mag gareka chhinu aatma sammanma thesh lagayera kasaile sewwa prabha garna sakdina.Punha janta sanga mafi chahanchu ki hamro yas aandolan bat anahak ma kast behornu pareko chha aasha garam chadai nikas asos.

Leave a Reply

Your email address will not be published. Required fields are marked *