रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

116
Shares

रामेछाप, २६ माघ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिइएको हो ।

जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य चौकीमा ३५ थरी, आठ सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी, चार सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि उपलब्ध गराउनुपर्ने सरकारी नियमअनुसार निःशुल्क औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा प्रकाशप्रसाद साहको दाबी छ ।

जिल्लामा अहिले पूर्णरुपमा औषधि रहेको र औषधि चैतसम्म पुग्ने आफूहरुसँग औषधि रहेको डा साहको भनाइ छ । औषधि खरिदका लागि रु ४३ लाख अख्तियारी आएकोमा जिल्ला स्वास्थ्य कार्यालयमा सुरुमै रु छ लाख, त्यसपछि रु २४ लाख, र १३ लाखको औषधि खरिद गरिएको उनले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *