फागुनको २० देखी २२ गतेसम्म ‘फर्मा एक्स्पो’ हुने

काठमाडौँ, २५ माघ । आगामी फागुनको तेस्रो साता राजधानीमा तीन दिने औषधि मेला( नेपाल फर्मा एक्स्पो २०१७) हुने भएको छ ।

नेपाल औषधि उत्पादक संघ(एपोन)को आयोजनामा हुन लागेको छैटौँ एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि एक सय बढी कम्पनीले सहभागिता जनाउने छन् ।  एक्स्पो आगामी २०,२१ र २२ गते भृकुटीमण्डपमा चल्नेछ ।

एक्स्पोबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष शंकर घिमिरेले एक्स्पोको आवश्यक तयारी पुरा भएको बताए । उनले एक्स्पोबाट औषधि उद्योगको विकास, अनुसन्धान तथा औषधिको गुणस्तरबारे जानकारी साथै उद्योगहरुको बजार प्रवर्धन हुने विश्वास लिएको बताए ।

कुल १०८ वटा स्टल रहने एक्स्पोमा नेपाली कम्पनीका ४४, भारतीय कम्पनीका ५९, जर्मन २, चाईनीज २ र जापनीज १ कम्पनीको स्टल रहने एक्स्पोका प्रवक्ता प्रवलजंग पाण्डेले बताए ।

उनले आम उपभोक्ता सरकारी निकाय, तथा औषधि उत्पादक तथा व्यावसायीलाई औषधि उत्पादन र प्रविधिको क्षेत्रमा भएको अध्यावधिक विकास, उपलव्धि र प्रविधिको बारेमा जानकारी गराउन एक्स्पो आयोजना गरिन लागेको बताए ।

कार्यक्रममा औषधि व्यवस्था विभागका पानबहादुर क्षेत्री, प्रायोजक संस्थाका बिजेन्द्र श्रेष्ठ, एपोनका बरिष्ठ उपाध्यक्ष दीपक दाहाल लगायतले बोलेका थिए ।

एपोनले सन् २००५ देखि निरन्तर रूपमा प्रत्येक दुई – दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको औषधी मेलाको आयोजना गर्दै आएकोमा गत वर्ष रोकिएको थियो

। नेपाल फर्मा एक्स्पो–२०१७, को आयोजक नेपाल औषधि उत्पादक संघ, तथा अन्य सह आयोजक संस्थाहरुमा औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाण्ज्यि महासंघ, नेपाल उद्योग परिसंघ ,नेपाल औषधी व्यवसायी संघ, नेपाल फर्मास्यूटिकल एशोशिएशन (एनपीए), ग्रयाजुएट फर्माशिष्ट एशोशिएशन (जीपीएएन) तथा नेपाल केमिकल एण्ड मेडिकल सप्लार्यस एशोशिएशन रहेका छन् ।

अन्र्तराष्ट्रिय स्तरको यस प्रदर्शनीमा नेपालको औषधि उद्योगको विकास र प्रर्वधनको लागि अतुलनिय सहयोग प्रदान गर्नुहुने दुई प्रमुख व्यक्तित्वहरुको सम्मान कार्यक्रमको साथै नेपाली औषधी उद्योगको विकासको लागि महत्वपूर्ण योगदान पु¥याउने स्व. एस. एन. रावको स्मृतिमा एशियन एस. एन. राव पुरस्कारलाई यस छैठौं संस्करणमा पनि निरन्तरता दिई उत्कृष्ट एक फर्माशिष्टलाई प्रदान गरिने छ ।

निशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा डाक्टर, फर्मासिष्ट,स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित बिधामा अध्ययनरत विद्यार्थी गरि करिब ३० हजार बढीले  अवलोकन गर्ने आयोजकको अनुमान छ ।

सो मेलामा विदेशका फर्मा प्रोसेसिंग, मेशिन, उत्पादन उपकरण प्याकेजिंग मेशिन तथा उपकरण, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण प्रयोगशाला उपकरण, गूणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकहरुलाई एउटै थलोमा ल्याएर जानकारी एवं अन्तरक्रिया गराउने रहेकोे आयोजकले जानकारी दियो ।

बार्षिक करीब १६ अर्वको कारोबार गर्ने नेपाली औषधि उद्योगहरुले कुल बजारको ४५ प्रतिशत हिस्सा ओगटेको बताइन्छ । अहिलेसम्म करीब एक सय प्रकारका औषधिहरुमा नेपाल आत्मनिर्भर रहेको समेत एपोनको दावी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *