स्मार्ट जीवन अभियानद्धारा परिवार नियोजन प्रर्बद्धन

दाङ २४ माघ। नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा गत विहीबार दाङ जिल्लामा आयोजित कृषि तथा पर्यटन प्रबद्र्धन तथा सांगितिक महोत्सवमा स्वस्थ्य परिवारको प्रबद्र्धन सम्पन्न गरेको छ ।

स्थानिय स्वास्थ्य अधिकारीहरु तथा निजी क्षेत्रका संस्थाहरुसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा बिवाहित जोडीहरुका बिचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ्य परिवारको प्रबद्र्धन गरेको थियो ।

यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, परिवार स्वास्थ्य विभागद्धारा यूएसएडको हेल्थ कम्यूनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागू गरिएको हो ।

दुई वर्षको अवधिमा, यो अभियान २ लाख ६३ हजार जोडी योग्य जोडीहरु सम्म पुगिसकेको छ र १३ जिल्लाका ५१ हजार भन्दा बढि जोडिहरुलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ ।

कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरुको स्टल, कार्निभल गेम, प्रशसन र सांगितिक प्रस्तुतीको आनन्द लिएका थिए। जसले तिनिहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडिहरुलाई कसरी योजना बनाउने भनेर देखाएका थिए ।

विभिन्न जोडीहरु तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर निशुल्क रुपमा पारिवारिक फोटो प्राप्त गरेका थिए, तथा जीवनको विभिन्न चरणहरुमा प्रयोग गरिने अनेकौं परिवार नियोजनका विधिहरुको बिस्तृत सामाग्रीहरु प्राप्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *