धामी झाँक्रीको भरपर्दा लालको उपचार कठिनाइ

जाजरकोट, २३ माघ । खगेनकोट–९ की कमला पुन नौ महिनाको हुँदा उनकी आमाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भयो । अहिले उनी ५ वर्षकी भइन् । उनलाई स्याहार गर्ने हजुरआमाको मृत्यु भएको पनि एक वर्ष पुग्न लाग्यो । कमला अहिले थलिएका २५ वर्षीय बाबु लालबहादुर पुनको हेरचारहमा व्यस्त छिन् ।

बिरामी बाबुलाई खुवाउने र भित्र–बाहिर गराउने उनै कमलाले गर्छिन् । घरमा ७३ वर्षीय वृद्ध हजुरबा पनि छन्। उनले अझैपनि गाईबस्तु हेर्ने र घरको अन्य काम गर्नुहुन्छ । कमलाका उमेरका सबै नजिकै रहेको विद्यालयमा पढ्न जान्छन्, तर उनी भने बाबुको हेरचाहमै दैनिक काट्ने गरेको सुनाउँछिन् । “हजुरआमा छँदा बाबाको सबै रेखदेख उहाँले गर्नुहुथ्यो, उहाँको मृत्युपछि मैले नै गर्नुपरेको छ”, उनले भनिन् ।

“म खाना पकाउन सक्दिन, कहिलेकाहीँ भोक लाग्छ अनि आधा घन्टाको टाढा रहेको विद्यालयमा गई त्यहाँ पकाएको खाजा ल्याएर खान्छु र बाबालाई पनि दिन्छु”, कमलाले भनिन्, “रातिभरि बाबाको हेरचाह हजुरबाले गर्नुहुन्छ दिउँसोभरि म गर्छु । ”

उनका बाबुलाई छारे रोग अर्थात् ‘चरिफाई’ लागेको छ । आज्ञानताका कारण यस्ता रोगीलाई स्वास्थ्य संस्थामा उपचार गर्नुको साटो देवता लागेको भन्दै अहिलेसम्म १५ भन्दा बढी बोकाको बली दिइसकेको छौ भन्नुभयो, कमला हजुरबा लीलबहादुरले । “अहिले घरमा केही सम्पति छैन, छोरा घरमै मर्ने भयो” उनको गुनासो थियो ।

लालबहादुरका हातखुट्टा र अनुहार छारे रोगले गर्दा मुर्छा परेका बखत आगोले पोलेर घाउ समेत भएको छ । खगेनकोट गाविसको सबैभन्दा विकट वडा ९ मङ्सिरीमा पुग्न दल्ली स्वास्थ्य चौकीबाट एक दिन लाग्छ । बिरामी भएपछि लालबहादुरले अहिलेसम्म स्वास्थ्य संस्था पुग्न पाएका छैनन् ।

दैनिक धामीझाँक्री मात्र हेराउँदा लालबहादुर मृत्युको नजिक पुगेको स्थानीय शिक्षक मनिषा सिंहले बताइन् । पूर्वजन्ममा सन्तानले गरेको पाप अहिले यसले भोग्दैछ भनी गाउँलेले कुरा काट्ने गरेका छन् तर अस्पतालमा उपचार हुनसक्ने रोग समेत धामीझाँक्रीको भरका कारण पर्दा लालको जीवन बर्बाद लागेको उनको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *