क्यान्सर रोकथाम सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगर २३ माघ । विश्व क्यान्सर दिवसको अवसरमा शबिार नेपाल मेडिकल भोलेन्टियर सोसाईटीले एक दिन क्यान्सर सम्वन्धि अभिमुखीकरण तथा जनचेतनामूलक परामर्श कार्यक्रम गरेको छ ।

नेपाल ब्रेस्ट केयर फाउन्डेसनको सहकार्यमा बालमन्दिर स्कुलमा सम्पन्न कायृक्रममा डा सूर्य पराजुली, डा पार्थ गुरागाईँ, शिखा बस्नेत तथा हीरा केसी लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा क्यान्सरको समयमै पहिचान कसरी गर्ने तथा उपचारमा कसरी लाग्ने भन्ने बारेमा छलफल गरिएको थियो । विश्वमा प्रत्येक ६ मृत्यु मध्ये एकको कारण क्यान्सर रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ८८ लाख मानिसहरुको मृत्यु क्यान्सरको कारण भएको छ । एनएमभीएस हेल्थ मिट अन्तर्गत प्रत्येक शनिबार ८ बजे यो कार्यक्रम हुने संस्थाका प्रवन्ध निर्देशक डा सूर्य पराजुलीले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *