मिर्गौलापीडितलाई आर्थिक सहयोग

काठमाडौँ, २१ माघ । दुवै मिर्गौलाले काम नगरेर उपचार गराइरहेका कालिका–३ बर्दियाका जयबहादुर मगरलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

एकतीस वर्षीय मगरको उपचारका लागि कमला थापा, जिया थापा मगर, याशिका मगरलगायत अमेरिकामा बसोबास गर्ने नेपाली महिलाले रु ५० हजार ५३५ सहयोग गरेका हुन् । लामो समयदेखि दुवै मिर्गौलाले काम नगर्ने भएपछि स्थानीय त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मगरले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिलसमेत गरे ।

उनले नबिल बैंकको खाता नं ०२१००१७५३९०४६ अथवा नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नं ००१०५०८०३९४६६६ मार्फत सहयोग गर्न आग्रह गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *