मिर्गौलापीडितलाई आर्थिक सहयोग

0
Shares

काठमाडौँ, २१ माघ । दुवै मिर्गौलाले काम नगरेर उपचार गराइरहेका कालिका–३ बर्दियाका जयबहादुर मगरलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

एकतीस वर्षीय मगरको उपचारका लागि कमला थापा, जिया थापा मगर, याशिका मगरलगायत अमेरिकामा बसोबास गर्ने नेपाली महिलाले रु ५० हजार ५३५ सहयोग गरेका हुन् । लामो समयदेखि दुवै मिर्गौलाले काम नगर्ने भएपछि स्थानीय त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत मगरले आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिलसमेत गरे ।

उनले नबिल बैंकको खाता नं ०२१००१७५३९०४६ अथवा नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नं ००१०५०८०३९४६६६ मार्फत सहयोग गर्न आग्रह गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *