तीन वटा प्रतिष्ठानका उपकुलपतिको लागि नौँ जनाको नाम सिफारिस (सूची सहित)

काठमाडौँ, २१ माघ । तीनवटा प्रतिष्ठानमा रिक्त उपकुलपति छनौट गर्न गठित सर्च कमिटीले प्रधानमन्त्री समक्ष नाम सिफारिस गरेको छ । स्वास्थ्य मन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिले तीन तीन जनाका दरले नौ जनाको नाम सिफारिस गरेको हो ।

स्रोतका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा अमिरबाबु श्रेष्ठ, डा गेहनाथ बराल र डा राजेन्द्र वाग्लेको नाम सिफारिस भएको छ । श्रेष्ठ प्रसूतिगृह अस्पतालका निमित्त निर्देशक हुन् भने बराल सोही अस्पतालका चिकित्सक हुन् । डा वाग्ले भने त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक हुन् । उनी डा गोविन्द केसीका नजिकका साथी मानिन्छन् ।

यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा बुद्धिबहादुर थापा, डा निलाम्बर झा र डा डुकबहादुर क्षेत्रीको नाम सिफारिस भएको छ । डा थापा प्रतिष्ठानकै पूर्व मेसु हुन् । उनी हाल सरकारी सेवाबाट रिटार्यड लिइसकेका छन् । डा झा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छन् । डा क्षेत्री प्थायोलोजिष्ट हुन् । उनी चितवनमा कार्यरत छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा भरत यादव, डा गोपी अर्याल र डा रुपा सिंहको नाम सिफारिस भएको छ । डा यादव पाटनका पुराना चिकित्सक मानिन्छन् । अर्का डाक्टर अर्याल प्याथोलोजिष्ट हुन भने डा सिंह विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन् ।

प्रधानमन्त्रीले हरेक प्रतिष्ठानका लागि सिफारिस भएका तीन मध्येबाट एक उपकुलपति छान्नेछन् । यसअघि सिफारिस कमिटीले उपकुलपति बन्न चाहनेलाई १० पन्ने कार्ययोजना सहित प्रस्ताव पेश गर्न आवहान गरको थियो । एक साताको समय दिएर मागिएको प्रस्तावमा ३० जनाको प्रस्ताव परेको थियो ।

सरकारले गठन गरेको तीन सदस्यीय सर्चकमिटिमा स्वास्थ्य मन्त्री थापा संयोजक थिए भने स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गिताभक्त जोशी सदस्य थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *