स्वास्थ्य संस्थाको पुनः निर्माण सुरु

बनेपा, १८ माघ । काभ्रेपलाञ्चोकमा भूकम्पबाट क्षति भएका विभिन्न स्वास्थ्य संस्थाको पुनःनिर्माण सुरु भएको छ ।

विभिन्न गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सुरु भएको पुनःनिर्माण चार महिनाको अवधिमा पूरा गर्ने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय, धुलिखेलका खोप अधिकृत नारायण केसीले जानकारी दिए ।

यस वर्ष जिल्लामा ३७ स्वास्थ्य संस्थाको पुनःनिर्माण हुने छ । उनले अहिलेसम्म जिल्लाका नौ स्वास्थ्य संस्था पुनःनिर्माण भइसकेको र त्यसमध्ये चार संस्थाबाट सेवाग्राहीलाई नियमित सेवा दिन सुरु भएको जानकारी दिए।

युनिसेफ नेपाल, क्रिडाक नेपाल, आड्रा नेपाल, रेडक्रसलगायत विभिन्न गैरसरकारी संस्थाले ती भवन पुनःनिर्माणमा आर्थिक सहयोग प्रदान गरेका छन् ।

जिल्लाका देवभूमिवालुवा, गैरीबिसौना देउपुर, ठूलोपर्सेल, घर्तीछाप, फोक्सिङटार, कात्र्तिकेदेउरालीलगायत गाविसमा बर्थिङ सेन्टरका लागि ‘प्रि फ्याब’ भवन पुनःनिर्माण हुन लागेको छ ।

तीबाहेक महेन्द्रज्योति, र¥याली, रविओपी, चण्डेनीमण्डन, खरेलथोक ज्याम्दीमा पनि प्रिफयाब भवन पुनःनिर्माण सुरु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त भएका एक सय नौ स्वास्थ्य संस्थामध्ये ४३ संस्थामा पूर्ण क्षति भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *