क्यान्सरको उपचार झाँक्रीबाट गराउँदा एक महिलाको ज्यान गयो

0
Shares

रुकुम, १८ माघ । क्यान्सररोग उपचार गर्न नसकी गाँउमा धामीझाँक्री लगाएर राख्दा एक रुकुममा एक महिलाको ज्यान गएको छ ।
जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको आइतबार क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
उनी दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित थिइन् ।

पेटको क्यान्सर भएको थाह पाएपनि आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन् । पैसा नभएपछि परिबार र आफन्तहरु गाँउकै धामीझाँक्रीको भर परेका थिए । मृतकका श्रीमान देबीराम बुढाले उपचार गर्न सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको बताए ।

देबीरामले भने, ‘कसैको सहयोग पाइएन उपचार गर्न ठूलो रकम थिएन त्यसैले धामी झाँक्रीको भर पर्नुपरयो ।’

त्यसो त देविराम आफै पनि अहिले प्यारालाइसिसबाट पीडित छन् । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उनका चार छोराछोरी बिचल्लीमा परेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *