विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न १६ जनाको दरखास्त

704
Shares

काठमाडौँ, १८ माघ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नका लागि १६ जनाको दरखास्त परेको छ । स्वास्थ्य मन्त्रालयले गत ७ माघमा सूचना प्रकाशित गर्दै उपकुलपति बन्न चाहनेले १० पृष्ठ लामो कार्ययोजना सहित दरखास्त पेश गर्न भनेपछि १६ जनाले कार्ययोजना सहित दरखास्त दिएका हुन् ।

दरखास्त दिनेहरुमा प्राडा रूपा राजभण्डारी, प्राडा प्रह्लाद कार्की, प्राडा संगीता भण्डारी, प्राडा गौरीशंकर शाह, डा. नीलाम्बर झा, डा. अरविन्दकुमार सिंह, प्राडा गुरुप्रसाद खनाल, डा. जगन पाण्डेय, प्राडा. बलभद्रप्रसाद दास, डा. ज्ञानेन्द्र गिरी, प्राडा चन्द्रशेखर अग्रवाल, प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा राजकुमार रौनियार, प्राडा विश्वनाथ यादव, डा. केशवप्रसाद सिंह र डा. रामेशराज कोइराला छन् ।

तत्कालीन उपकुलपति प्राडा बलभद्रप्रसाद दासको कार्यकाल २० पुसबाट सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन छ । यसैबीच सर्च कमिटीका अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री गगन थापाले एक साता भित्रै प्रतिष्ठानमा उपकुलपति नियुक्त हुने बताएका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियुक्ति समेत संगै गर्ने तयारी रहेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *