भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने

0
Shares

भक्तपुर, १७ माघ । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ ।

अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरीे गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताए ।

अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उनले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताए ।

उनलाई अस्पतालका सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

डा. केसीले उनलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *