जनस्वास्थ्य कार्यालयले जुटायो औषधि

 

गोरखा, १४ माघ । विगत लामो समयदेखि सिटामोललगायतका औषधिको अभाव झेलेका गोरखाका स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउन सुरु गरेको छ ।

गत साता पथलैया र बुटवलस्थित स्टोरबाट ल्याएकाऔषधि विभिन्न स्वास्थ्य चौकीको मागअनुसार पठाएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।

“सिटामोल, प्यारासिटामोल, मेट्रोनेटाजोल, एमोक्सोसिलिन, रेनिटिडिङ, सिप्रोप्रोसेलिङलगायत औषधि पथलैया र बुटवलस्थित स्टोरबाट जनस्वास्थ्यको स्टोरमा ल्याएका छौँ”, उहाँले भन्नुभयो – “स्वास्थ्य चौकी तथा नगरस्थित स्वास्थ्य केन्द्रले माग गरेअनुसारका औषधि धमाधम पठाएका छौँ ।” औषधिको अभाव झेल्दै आएका विभिन्न २१ वटा स्वास्थ्य संस्थामा औषधि पठाइसकेको जनस्वास्थ्य प्रमुख पराजुलीले बताए ।

गोरखा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र, गाँखु, मकैसिङ, आरुचनौटे, जौवारीलगायत क्षेत्रमा औषधि ढुवानी गरिसकिएको छ भन्दै उनले – “औषधि खरिदको टेन्डर दोहो¥याएर गर्नुपर्दा समयमै औषधि जुटाउन सकेनौँ ।” खरिद प्रक्रिया झन्झटिलो र लामो भएकाले तत्कालै औषधि खरिद गर्न नसक्दा अभाव झेल्नुपरेको जनस्वास्थ्य प्रमुख पराजुलीको भनाइ छ । जनस्वास्थ्य कार्यालयले रु २५ लाखको औषधि खरिद गर्न दोस्रोपटक टेन्डर गरिसकेको छ ।

सत्तरी प्रतिशत औषधि केन्द्र, १० प्रतिशत क्षेत्र र २० प्रतिशत औषधि जिल्लाले खरिद गर्नुपर्ने नियम छ । केन्द्रले पनि औषधि खरिदमा ढिलाइ गरेकाले जनस्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । “जिल्लामा चाहिने औषधि सबै जनस्वास्थ्य कार्यालयले खरिद गर्ने होइन”, उनले भने, “जनस्वास्थ्यले समयमै औषधि नकिन्दा अभाव भो भन्ने बुझाइ गलत हो । केन्द्रले पठाउनुपर्ने ७० प्रतिशत औषधि समयमै पठाउन सकेन ।

जनस्वास्वास्थ्यले अहिलेसम्म सडक पहुँच पुगेका क्षेत्रका स्वास्थ्य चौकीमा मात्रै औषधि पठाएको छ । हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा औषधिको अभाव कायमै रहेको गुनासो आएपनि स्वास्थ्य प्रशासक पराजुलीले सबै स्वास्थ्य चौकीमा औषधिको अभाव नरहेको दाबी गर्दै केही स्वास्थ्य चौकीमा भएको औषधि अभाव समाधान भइसकेको बताए ।

आइएमसीले दियो ७० लाखको औषधि

भूकम्पपछि गोरखाको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको इन्टरनेसनल मेडिकल क्रप्स ९आइएमसी० नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु ७० लाख बराबरको औषधि सहयोग गरेको छ ।

आइएमसीको नेपालस्थित कन्ट्री डाइरेक्टर जोलेन एम मुलिन्सले आज जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीलाई सिटामोल, नवजात शिशुलाई आवश्यक विभिन्न औषधि, रक्तचाप लगायतका विभिन्न रोगसंग सम्बन्धित औषधि हस्तान्तरण गर्नुभएको हो । एक सय २ प्रकारका औषधि जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न सात स्वास्थ्य संस्थालाई उपलब्ध गराएको आइएमसीका प्रतिनिधि अशोक पौडेलले जानकारी दिए ।

भूकम्पले ध्वस्त बनाएको ताप्ले, खरिबोट, मुच्चोक, आरुआर्वाङ, स्वाँरा, सौरपानी, घ्याच्चोक स्वास्थ्य चौकीलाई उक्त औषधि पठाउने तयारी गरिएको जनस्वास्थ्य कार्यालयका नानीबाबु दानीले जानकारी दिए । आइएमसीले यी सात गाविसमास्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *