यूरिक एसिड छ ? यस्ता खाना नखानुहोस्
यूरिक एसिडका बिरामीलाई डा. ओममूर्ति अनिलको टिप्स :

अत्यधिक प्रोटिनयुक्त खाना र यूरिक एसिडको निष्काशनमा हुने समस्याले रगतमा यूरिक एसिडको मात्रा बढ्छ ।
- यूरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ ।
- लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।
- मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च यूरिसेमियाका कारण यूरिक एसिड बढ्छ ।
- यो समस्या वंशाणुगत पनि हुनसक्छ ।
- थाइराइड र रगतको समस्याले पनि हाइपर यूरिसेमिया हुन्छ ।
- हाइपर यूरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।
- त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



