मुटुरोगी बालिकाको उपचारका लागि प्रवासीद्वारा सहयोग

21
Shares

 

म्याग्दी, १२ माघ । बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

आठ वर्षीय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङ्कङमा रहेका म्याग्देलीबासीले रु ८० हजार सहयोग गरेका हुन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)हङ्कङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणिमाका काका भूपेन्द्र नेपालीलाई सो रकम हस्तान्तरण गरेका थिए । अरुणिमाको उपचारका लागि हङ्कङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा सहयोग प्राप्त हुने क्रम जारी छ । उनको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *