मुटुरोगी बालिकाको उपचारका लागि प्रवासीद्वारा सहयोग

 

म्याग्दी, १२ माघ । बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

आठ वर्षीय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा हङ्कङमा रहेका म्याग्देलीबासीले रु ८० हजार सहयोग गरेका हुन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)हङ्कङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणिमाका काका भूपेन्द्र नेपालीलाई सो रकम हस्तान्तरण गरेका थिए । अरुणिमाको उपचारका लागि हङ्कङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा सहयोग प्राप्त हुने क्रम जारी छ । उनको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *