‘६० लाखको ज्यान जान्छ, एक हजार अर्व डलर धन जान्छ’

एजेन्सी । धूमपान मानव स्वास्थ्यका लागि जति हानिकारक मानिन्छ त्यत्तिकै खतरनाक विश्व अर्थव्यवस्थाका लागि भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन( डव्लुएचओ) तथा अमेरिकी राष्ट्रिय क्यान्सर सोसाईटीले हालसालै सार्वजनिक गरेको प्रतिवेदनले धूमपानका लागि हरेक बर्ष १ हजार अर्व डलरको नोक्सान हुने गरेको देखाएको छ । प्रतिवेदनमा धूमपानबाट संसारभर प्रतिवर्ष ६० लाख मानिसको ज्यान जाने गरेको उल्लेख छ ।

द इकोनोमिक्स अफ टोवाको एण्ड टोबाको कन्ट्रोल शीर्षकमा छापिएको प्रतिवेदनमा भनिएको छ कि सुर्तिजन्य पदार्थको खरीद र सुर्तिजन्य पदार्थको प्रयोगले लाग्ने रोगको उपचारका लागि हुने खर्चका लागि एक हजार अर्ब डलर खर्च हुने जनाइएको छ ।

प्रतिवेदनमा सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभर हरेक बर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको उल्लेख गरिएको छ । अझ त्यसमध्ये अधिकांश मृत्यु विकासोन्मुख देशमा हुने गरेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *