अवैध रुपमा सञ्चालित अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप

धनुषा, ११ माघ । अवैध रुपमा सञ्चालित एक निजी अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । आफन्तहरुले चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् ।

जनकपुर अञ्चल अस्पताल अगाडीको डा प्रियरञ्जनकुमारले सञ्चालन गर्दै आएको आर्या केयर एण्ड क्युर नामक अस्पतालमा सोमबार २२ बर्षीया सुत्केरी जिबछी देवीको मृत्यु भएको हो । सर्लाही डमरिया घर भई जनकपुर पिडारीमा माईती भएकी जिबछीको उपचारका क्रममा मृत्यु भएपछि परिबारले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन् ।
गत २७ पुसमा अनुगमन गर्दा ४० बेडको यो अस्पतालमा दुई जना नर्सको भरमा सञ्चालन भएको पाइएपछि स्थानीय प्रशासनले ताला लगाएको थियो । तर जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको बताइएको छ ।

बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारे आफूलाई जानकारी नभएको बताइन ।

उता अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पु¥याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *