आठ सय बालबालिका कुपोषित

कलैया, ९ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२/७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४.२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको छ ।

कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिन्छ । सो कार्यालयको गत आव ०७१/७२ को तथ्याङ्कानुसार भने ५.०६ प्रतिशत कुपोषित रहेको कार्यालयका तथ्याङ्क प्रमुख रामनरेश यादवले बताए ।

बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि पोषणयुक्त सन्तुलित भोजन हुन जरुरी भएको तर जनचेतना, शिक्षा र गरिबीले गर्दा पर्याप्त मात्रामा उत्पादित खाद्यवस्तुको सही तरिकाबाट उपभोग नगरेको हुनाले बालबालिका कुपोषित भएको जनाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *