पूर्वराष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ, ७ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा. यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।
विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा. यादवलाई पेटमा समस्या भएको थियो ।
उनको स्वास्थ्य परीक्षणमा डा. शशी शर्माको नेतृत्वमा डा. राहुल पाठक लगायतको समूह संलग्न छ । उनलाई चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



