पूर्वराष्ट्रपति डा. यादवको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ, ७ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा. यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।

विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा. यादवलाई पेटमा समस्या भएको थियो ।

उनको स्वास्थ्य परीक्षणमा डा. शशी शर्माको नेतृत्वमा डा. राहुल पाठक लगायतको समूह संलग्न छ । उनलाई चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *