झापामा प्रथम स्वास्थ्य महोत्सवको तयारी पूरा

झापा, ७ माघ । नेपालमै पहिलोपटक झापाको मेचीनगरमा आयोजना हुन लागेको ‘स्वास्थ्य महोत्सव’को तयारी पूरा भएको छ ।

यही माघ ८ देखि १४ गतेसम्म मेचीनगर–१२ मा सञ्चालन हुने सो महोत्सवमा नेपालका ख्यातिप्राप्त २५ वटा अस्पतालका विशेषज्ञ डाक्टरहरूले बिरामीको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएका छन् ।

महोत्सवमा बिरामीको निःशुल्क उपचार र निःशुल्क औषधि वितरणका साथै स्वास्थ्यका विषयमा विज्ञहरूबीच प्यानल छलफलसमेत गरिने भएको छ ।

महोत्सवको आयोजना नेपाली काँग्रेस, मेचीनगरले गरेको हो । महोत्सव अवधिभरमा २५ हजार सर्वसाधारणलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य लिइएको आयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।

महोत्सवस्थलमा प्रवेशद्वार, पूर्जी काट्ने ठाउँ, बिरामी जाँच्ने ठाउँ, प्रयोगशाला, औषधि बाँड्ने ठाउँ, प्यानल डिस्कसन हुने मञ्च, सवारी पार्किङलगायतको छुट्टाछुट्टै व्यवस्थाका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।

महोत्सवमा रु २५ लाख खर्च हुने मूल समिति संयोजक एवम् नेपाली काँग्रेस, मेचीनगरका सभापति ईन्द्र बुढाथोकी बताउछन् । सबै खर्च स्थानीय सहयोगबाट जुटाइने र सरकारी निकायबाट एक पैसा पनि सहयोग नलिइएको उनको भनाई छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *