पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना
काठमाडौँ, ६ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन्।
नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा. यादवलाई अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



