भारतीय राजदूतद्वारा भवन शिलान्यास

नेपालगन्ज, ४ माघ । भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताएका छन् ।

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको आज शिलान्यास गर्दै उनले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिए ।

नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि उनले बताए । दुई देशबीचको पारस्परिक सम्बन्धलाई सानोतिनो मतभेदले कमजोर बनाउन नसक्ने उहाँको भनाइ थियो ।

सो अस्पतालका अध्यक्ष रतनकुमार टण्डनका अनुसार, भारतीय राजदूतावासको रु पाँच करोड र बाँके जिल्ला विकास समितिको रु ९५ लाखसहित रु पाँच करोड ९५ लाखको लागतमा भवन निर्माण हुन लागेको हो ।

भवनमा १०० श्ययासहितको जनरल वार्ड, चार शल्यक्रिया कक्ष, बिरामी क्याबिनको निर्माण र अस्पताल क्षेत्रको सडक कालोपत्र गरिने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *