मिर्गौला रोगीद्वारा सहयोगको याचना

खोटाङ, ४ माघ । दुवै मिर्गौला काम नलाग्ने भएपछि यहाँका एक पीडितले उपचारका लागि सहयोगको याचना गरेका छन् ।

पाँच महिनादेखि औषधिका भरमा बाँचेका दिक्तेल नगरपालिका– ८ का ४४ वर्षीय टङ्कराज राईले आफ्ना दुवै मिर्गौलाले काम नदिने थाहा पाएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८२५७९१५१३ र ९८२३५५५२५३ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीयवासी एलिना राईले बताइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *