रक्तक्यान्सरबाट पीडित क्षेत्रीलाई सहयोग

म्याग्दी, ४ माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारका लागि रु ३५ लाख सहयोग सङ्कलन भएको छ ।

उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि सुरु गरिएको सीता (कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानमा स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा उक्त सहयोग जुटेको हो ।

गत पुस ६ गतेदेखि सुरु गरिएको सीता बचाउ अभियानअन्तर्गत सङ्कलित रकममार्फत पीडित क्षेत्रीको उपचार भइरहेको छ । करिब एक महिनादेखि टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइएकी क्षेत्रीलाई बोनम्यारो प्रत्यारोपणका लागि थप उपचार गर्न अहिले भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको छ ।

बोनम्यारो र रक्तक्यान्सरको उपचारमा न्यूनतम रु ७० लाखभन्दा बढी खर्च लाग्ने भएपछि उनको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीले सहयोग जुटाइरहेको अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिए।

क्षेत्रीको सहयोगार्थ गठित सीता बचाउ अभियान समितिले क्षेत्रीको सहयोगार्थ बेनीस्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाएको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *