महानिरीक्षक अर्यालद्वारा प्रहरी अस्पतालको उद्घाटन

राजविराज, ४ माघ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सप्तरीमा नवनिर्मित ठाकोदेवी–जोगेन्द्र भगत पूर्वक्षेत्रीय प्रहरी अस्पतालको उद्घाटन गरेका छन् ।

जिल्लाको रायपुर–८ स्थित रुपनीमा निर्माण गरिएको सो अस्पतालको आज एक समारोहकाबीच उनले उद्घाटन गरेका हुन् ।

जग्गासमेत गरी करिब रु ३० करोडको लागतमा निर्माण गरिएको अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरी सर्वसाधारण जनताका लागि सेवा र सुविधा पु¥याउने गरी प्रभावकारी बनाउने महानिरीक्षक अर्यालले उद्घाटनका क्रममा बताए ।

अस्पताल निर्माणका लागि दुई बिगाहा पाँच कट्ठा जग्गा प्रदान गर्ने राजविराज–४ निवासी जग्गादाता जोगेन्द्र भगत र ठाकोदेवी भगत दम्पतीलाई आयोजित कार्यक्रममा सम्मान समेत गरिएको छ ।

यसैबीच, सोही अवसरमा प्रमुख अतिथि अर्यालले अस्पताल परिसरमा वृक्षरोपण गर्नुका साथै भगत दम्पतीको प्रतिमूर्तिसमेत अनावरण गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *