स्वास्थ्य चौकीलाई साढे चार रोपनी जग्गादान

0
Shares

बैतडी, ३ माघ । बैतडीको तल्लोस्वराडका एक स्थानीय बासिन्दाले उदयदेव स्वास्थ्य चौकीलाई निःशुल्क रुपमा करिब रु पाँच लाख बराबरको जग्गादान गरेका छन् ।

जग्गादान गर्नेमा उदयदेव–९ मकैलका ७८ वर्षीय सन्तोक सिंह ठकुराठी रहेको उदयदेव स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र महताले जानकारी दिए । ठकुराठीले करिब रु पाँच लाख बराबरको साढे चार रोपनी जग्गादान गरेको उदयदेव स्वास्थ्य चौकीले जनाएको छ ।

यसअघि स्वास्थ्य चौकीमा सुविधासम्पन्न भवन बनाउन जग्गा अभाव रहेकाले अब उक्त जग्गामा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने स्वास्थ्य चौकी इन्चार्ज महताले बताउनुभयो । आर्थिक वर्ष २०७२/७३ मा बैतडी जिल्लामै उत्कृष्ट हुँदै प्रथम स्थानमा उदयदेव स्वास्थ्य चौकी रहेको थियो ।

यसअघि बैतडीको डिलासैनी–७ का गङ्गादत्त जोशी(तीन रोपनी)र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहरा सगोल रुपमा ९दुई रोपनी० गरी पाँच रोपनी निःशुल्क रुपमा हाट स्वास्थ्य चौकीलाई जग्गादान गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *