पेट ढुस्स भयो ? यसो गर्नुहोस्

40
Shares

 –  अदुवा सेवनले पेट ढुस्स हुने समस्यालाई कम गर्छ । अदुवालाई काटेर टुक्रा बनाउने र पानीमा पकाउने । पकाएको पानीलाई पिउने र बचेको टुक्रालाई चुस्ने । यसले केही समयमा नै हल्का भएको महसुस गराउँछ ।

–  पेट ढुस्स हुने समस्यालाई पुदिना जति राम्रो केही हुँदैन । जब पेट फुल्छ, पुदिनाको रस खाने या चियामा यसलाई मिसाएर खाँदा पनि हुन्छ ।

–  प्रायजसो मानिस खाना या केही सेवनपछि सुप खाने गर्दछन् । त्यो अत्यन्तै राम्रो हो । खानापछि सुप लिँदा यसले पाचनमा मद्दत गर्छ । यसले पेटको खराबी हटाउनुका साथै मुखको दुर्गन्ध पनि हटाउँछ ।

–   पेट ढुस्स भएको अवस्थामा कागती र पुदिनाको रस पिउनु राम्रो हुन्छ । यदि पुदिना छैन भने सादा पानीमा कागती निचोरेर पिउँदा पनि राम्रो गर्छ ।

–  पेट फुलेको छ भने धनियाँको पात वा झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । यसले पाचनलाई ठीक तरिकाले सञ्चालन गराउँछ र पेट फुल्न दिँदैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *