अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र

इटहरी, १ माघ । “स्रोत परिचालनमा सक्रियता अपाङ्ग व्यवस्थापनमा निरन्तरता” भन्ने नाराकासाथ पूर्वाञ्चल क्षेत्रीय पुनःस्थापन केन्द्र निर्माण सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रम यहाँ सम्पन्न भयो ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाको आयोजनामा भएको सो कार्यक्रममा केन्द्रका प्रा।डा।अशोककुमार बास्कोटाले अस्पताल तथा केन्द्रको स्थापना र त्यसले आजसम्म गर्दै आएको मानवीय सेवाका विविध पक्षमाथि प्रकाश पारे।

सांसद रेवतीरमण भण्डारीले मानवीय सेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले यस कार्यमा लाग्न सबैसंग आग्रह गरे ।

केन्द्रका महासचिव कृष्ण भट्टराईले सेवाको विकेन्द्रिकरण गर्ने उद्देश्यले पूर्वाञ्चलको इटहरीमा यो कार्यक्रमको आयोजना गरिएको बताउँदै पूर्वाञ्चलमा ३० हजार मानिस शारिरिक विकलाङ्गता भएकामध्ये पाँच हजार ६०० ले उपचार सेवा प्राप्त गरिसकेको जानकारी दिए ।

उनले हाल पुनःस्थापन केन्द्रबाट ७४ हजार ९३६ जनाले उपचार सेवा पाइसकेको र १५ हजारले विभिन्न सरकारी, गैरसरकारी एवं परिवारमा पुनःस्थापित भएको तथा त्यसमध्ये धेरैले रोजगारीको अवसर प्राप्त गरिसकेको जानकारी दिए ।

केन्द्रका कृतिम हातखुट्टा पुनःस्थापन विभागका प्रमुख प्रल्हदप्रसाद पराजुलीले केन्द्रले निरन्तर रुपमा मानवीय सेवामा समर्पित रहँदै आएको बताउँदै पूर्वाञ्चलमा पनि व्यवस्थित रुपमा कार्य गर्ने तयारीमा केन्द्र जुटेको छ भने।

सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मानवीय सेवाप्रति समर्पित रहँदै आएका केन्द्रको कार्यप्रति स्थानीय प्रशासनको सहयोग रहने विश्वास व्यक्त गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *