साढे पाँच हजारले लिए प्रसूति सेवा

झापा, २९ पुस । झापामा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा साढे पाँच हजार जनाले प्रसूति सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि पुससम्मको छ महिनामा पाँच हजार ५४० जनाले सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ ।

कार्यालयका अनुसार, झापाको दमकस्थित लाइफलाइन अस्पतालबाट दुई हजार ५५५ जना र आम्दा अस्पतालबाट दुई हजार पाँच सय ११ जनाले सो सेवा लिएका छन् ।

यसैगरी, स्वास्थ्य चौकी धुलाबारीबाट ३३६, सुरुङ्गाबाट २६, शिवगञ्जबाट ३१, शनिश्चरेबाट ११, बनियाबानीबाट १७, खजुरगाछीबाट आठ, राजगढबाट ५२, खुदुनबारीबाट नौ, पथरियाबाट ३६, पृथ्वीनगरबाट नौ, केचनाबाट १८ र चन्द्रगढीबाट चारजनाले प्रसूति सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, जिल्लामा २६२ जनाले पूर्व प्रसूति सेवा लिएका छन् । स्वास्थ्य चौकी धुलाबारीबाट ७८, सुरुङ्गाबाट नौ, शिवगञ्जबाट ३७, शनिश्चरेबाट ३०, बनियाबानीबाट छ, खजुरगाछीबाट छ, राजगढबाट ५३, खुदुनाबारीबाट १०, पथरियाबाट १६, पृथ्वीनगरबाट सात, केचनाबाट नौ र चन्द्रगढीबाट दुईजनाले पूर्व प्रसूति सेवा लिएका छन् ।

सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहनस्वरुप रु ५०० र चारपटक पूर्व प्रसूति सेवा लिने महिलालाई रु ४०० प्रदान गर्ने गरेको तथा दुवै सेवा लिने महिलाले रु ९०० पाउने गरेको जिल्ला जनस्वाथ्य कार्यालयकी पब्लिक हेल्थ नर्स अनिता ओलीले जानकारी दिइन् ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई न्यानो ब्यागसमेत प्रदान गरिँदै आएको उनले बताइन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *