आँखा उपचारको अत्याधुनिक सेवा सुरु

दाङ, २८ पुस । यहाँको आँखा अस्पतालले अत्याधुनिक मेसिन खरिद गरेको जनाएको छ । राप्ती आँखा अस्पताल दाङले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए ।

अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, आँखाको दृष्टि नशाको जाँचका, आँखाको प्रेसर जाँच गर्नेका लागि ननकन्टेक टोनोमिटर मेसिन खरिद गरी सेवा सञ्चालन गरेको जनाएको छ । रु दुई करोड ५७ लाख लागतमा ती मेसिन औजार खरिद गरेको अस्पतालले जनाएको छ ।

दाङका राप्ती, लमही र बहादुरगन्ज अस्पतालमा एकै साथ आजदेखि सो सेवा गरेको वरिष्ठ नेत्रसहायक शालिकराम गौतमले बताए । यही मेसिन औजार पहिले नहँुदा बिरामी रिफर गर्नुपर्ने बाध्यता अब अन्त्य भएको उनले बताए । “अब आँखाको सबै सेवा यहीँबाट सेवाग्राहीले पाउनेछन् पहिले रिफर गर्नुपर्ने समस्या थियो”, उनले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *