एचआइभी एड्स सङ्क्रमितको मृत्युदर बढ्यो

मोरङ, २६ पुस । नयाँ एचआइभी एड्स सङ्क्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ । स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्रिय एचआइभी एड्स महासङ्घका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी सङ्क्रमित रहेको जानकारी दिए । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी सङ्क्रमित घट्दै गएको उनको भनाइ छ ।

एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताए । उहाँका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को सङ्ख्यामा एचआइभी सङ्क्रमितको मृत्यु हुने गरेको छ । एचआइभी सङ्क्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताए ।

राष्ट्रिय एचआइभी एड्स महासङ्घले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी सङ्क्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *