उपचारका लागि दुम्बापो समाज दक्षिण कोरियाद्धारा सहयोग


पाँचथर, २३ पुस । पाँचथरको फिदिम नगरपालिका– ८ चोकमागुकी २१ वर्षीया आशा तुम्बापोको उपचारका लागि दक्षिण कोरियास्थित तुम्बापो सेवा समाजले रु। दुई लाख ७७ हजार दुई सय सहयोग गरेका छन् ।

आशाको ठूलो आन्द्रामा ट्यिुमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक शल्यक्रिया भई अहिले थप उपचार भइरहेको छ ।

आशाको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र अझै रु। पाँचदेखि ६ लाखसम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकले जनाएको आशाका बाबु देशहाङ तुम्बापोले बताए ।

आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सहयोग रकम सङ्कलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताए।

कमजोर आर्थिक अवस्था भएको आशाको परिवारलाई थप सहयोग गर्न आफूहरु पनि लागिरहेको तुम्बापो सेवा समाजका केन्द्रीय सदस्य सुवास तुम्बापोले जानकारी दिए ।

उनका अनुसार आशाको उपचारका लागि विभिन्न स्थानबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *