पौष्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडे

0
Shares

जाजरकोट, २२ पुस । यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौष्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन् ।

शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौष्टिक आहार विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी लागू गरिएको हो ।

तितो पौष्टिक आहार खाँदा विद्यार्थीले पेट दुख्यो भनी उल्टी गर्ने गरेको शिक्षकको भनाइ छ । पौष्टिक आहार अर्थात दिवा खाजा सुरुका दिनमा राम्रो भएपनि विस्तारै यसको गुणस्तरमा समस्या आएको प्रयोग गर्ने विद्यालयले बताएका छन् ।

हिमालय प्रावि, मङ्सिरीका बाल शिक्षामा पढाउने शिक्षिका मनिषा सिंहका अनुसार सुरुका दिनमा यहाँका बालबालिकाले पौष्टिक आहार रमाइरमाइ खाने गरेका थिए, अहिले तितो भएपछि पौष्टिक आहारको नाम नै लिन चाहँदैनन् ।

त्यस्तै, भगवती प्रावि भगवतीका विद्यार्थीले पनि तितो भएको भन्दै खान छाडेका छन् । तितो भयो भनी सरोकारवाला निकायलाई खबर गरेपनि सुनुवाइ नभएको विद्यालयले बताएका छन् ।

पौष्टिक आहार ढुवानी गरी बाटोमा लाँदा र राख्दा ठाउँको अवस्था राम्रो नभएको पाइएको छ । कहिलेकाहीँ पौष्टिक आहार पिठोको रङ नै बदलिएको आउने गरेको समेत विद्यालयले बताएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *