सीता बचाउ अभियानमा रु २५ लाख

म्याग्दी, २२ पुस । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता ९कृष्णकुमारी० कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको छ ।

टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि स्वदेश तथा विदेशमा रहेका राखुवासी र म्याग्देलीको पहलमा रु २५ लाखभन्दा बढी सहयोग जुटेको छ । अभियान सुरु भएको दुई सातामा उक्त सहयोग जुटेको सीता ९कृष्णकुमारी० कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले जानकारी दिए ।

अभियानअन्तर्गत बुधबार बेनीस्थित जीवन सुनचाँदी दुकानका सञ्चालक एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन विश्वकर्माले रु ५० हजार सहयोग गरेका छन् । अभियान समितिका अनुसार कतारमा रहेका राखुवासी र म्याग्देलीले समेत सहयोग अभियान सुरु गरेका छन् ।

यसैबीच, अस्पतालमा उपचाररत क्षेत्रीको स्वास्थ्यमा समेत क्रमिक सुधार आएको र उनको उपचार सम्भव रहेको उपचारमा संलग्न डाक्टरले जानकारी गराएका छन् ।

क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमई बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *