केडीसीको दन्त सिविर : ३७० जनाको नि:शुल्क परीक्षण

0
Shares

काठमाडौँ, २२ पुस । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले बिहीबार बुढानिलकण्ठस्थित ओम इङ्लिस एकेडेमीमा अध्ययनरत ३७० जना विद्यार्थीको निशुल्क दन्त परीक्षण गरेको छ ।

बुढानिलकण्ठ तौलुङ बालक्लवले लायन्सक्लव अफ भृकुटीको सहयोगमा आयोजना गरेको शिबिरका लागि केडीसीबाट डा. स्मिता ढकालको नेतृत्वमा ८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पुगेको थियो ।

सो टोलीले विद्यार्थी बालबालिकाको दन्त परीक्षण गर्नुका साथै मुख स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको थियो ।  डा. ढकालका अनुसार परीक्षणका क्रममा केही बालबालिकाहरुको दाँतमा किराले खाएको तथा गिँजा सम्वन्धी समस्या भएको पाइएको थियो ।

टोलीले समस्या भएका बालबालिकाहरुको उपचार समेत गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *