सांसदद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

0
Shares

कञ्चनपुर, २१ पुस । संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ ।

संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन् ।

उनले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी सर्वसाधारणको उपचारमा थप टेवा पुग्ने बताए ।

स्वास्थ्य चौकीका निमित्त कार्यालय प्रमुख दिलीपसिंह साउदले सांसद रानालाई दुई कोठे पक्की भवन, इन्सीनेटर, डम्पिङ साइट, पर्खाल रङरोगनका लागि रु १७ लाख ५० हजार रकमको व्यवस्था गरिदिनका लागि आग्रह गरे ।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *