बीर अस्पतालमा अब चौबिसै घण्टा डायलासिस सेवा, मिर्गौला प्रत्यारोपण सेवा पनि सुचारु

काठमाडौँ, २० पुस । देशकै सबैभन्दा पुरानो अस्पताल बीर अस्पतालमा चौबिस घण्टा डायलासिस सेवा सुरु भएको छ । यसअघि सो अस्पतालमा विहान र दिउसो गरी दुई सिफ्टमा मात्रै डायलासिस हुने गर्दथ्यो । २५ बर्ष अघि देखि डायलासिस सेवा दिइरहेको बीरले सो सेवालाई चौबिस घण्टे बनाएको भने भर्खर मात्रै हो ।

अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले गत पुस १७ (जनवरी १) देखि डायलासिस सेवा चौबिस घण्टे बनाएको बताए । ‘अस्पतालमा ९ वटा डायलासिस मेसिन छ । यसअघि सम्म ती मेसिनहरु विहान दिउसोको सिफ्ट मात्रै चल्ने गर्दथे तर अव हामी चौविसै घण्टा चलाउन थालेका छौँ,’ डा. बस्नेतले भने, ‘विहान, दिउसो र अपरान्हको समय बाहिरका विरामीलाई र रातीको सिफ्टमा भर्ना भएका बिरामीको डायलासिस गर्ने व्यवस्था मिलाइएको छ ।’

उनले यसअघि साताको दुईपटक डायलासिस गराउने व्यक्तिले अव साताको तीन पटक निशुल्क डायलासिस गर्न सक्ने समेत बताए । निर्देशक बस्नेतले डायलासिस सेवा विश्वस्तरको बनाउने अभियान अनुरुप विरामीलाई साताको तीन पटक सेवा दिन लागेको बताए ।

यसैबीच बीर अस्पतालमा केही बर्ष यता रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुन सूचारु भएको छ । निर्देशक डा . बस्नेतका अनुसार अहिले अस्पतालमा हरेक हप्ता एक जनाको प्रत्यारोपण हुने गरेको छ । डा. पारसमणी श्रेष्ठ र डा. अनिल श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण सेवा भईरहेको छ,’ डा. बस्नेतले भने ।

गरीब तथा विपन्नले सेवा लिने अस्पतालको रुपमा चिनिएको बीर अस्पतालमा नयाँ नेतृत्व आएसंगै सुधारका संकेत देखिन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “बीर अस्पतालमा अब चौबिसै घण्टा डायलासिस सेवा, मिर्गौला प्रत्यारोपण सेवा पनि सुचारु

  1. आखिर गरे त हुने रहेछ । बीरमा युनियनले काम गर्न दिदैनन्, काम चोर कर्मचारी छन् , डाक्टर जति प्राईभेटमा दौडिन्छन बीरमा बस्दैनन र कसैले कसैलाई टेर्दैनन् भन्ने सुनिएको थियो । तर अहिले त पारा आउन थाल्यो त । टिकट सिस्टमेटिक भयो, अव सेवामा विस्तार हुन थाल्यो , नयाँ नयाँ सेवा थपिदैँ छ । अस्पतालमा जाँदा पहिले जस्तो फोहर पनि देखिदैन् । सबै डाक्टर नर्स कर्मचारीहरु काममा खटिएकै देखिन्छन, फुर्सद भएर क्यान्डीक्रस खेलेर बसेको त अचेल कोही देखिदैनन् । जे होस डाक्टर भुपेन्द्र आएपछि बीरमा केही सकारात्मक संकेत देखिएका छन् । तर फेरीपनि बुझ्नुपर्ने के हो भने नेतृत्वको एकल प्रयासले हुने होइन संस्था चल्न टिम चाहिन्छ र नेतृत्वले त्यसलाई व्यवस्थापन गर्ने मात्रै हो । त्यसैले डा भुपेन्द्रको प्रयासलाई सबैले सहयोग गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *