‘मानसिक स्वास्थ्य सेवा उपचार निर्देशिका’

काठमाडौँ, २० पुस । स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य समस्याको उपचार प्रदान गर्न ‘उपचार निर्देशिका’ ल्याएको छ ।

प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले तयार पारेको निर्देशिकामा उदासिनता, चिन्ता, छारेरोग, गम्भीर मानसिक समस्या, लागु पदार्थजन्य मानसिक समस्याको पहिचान, उपचार र व्यवस्थापनको पद्धतिका बारेमा उल्लेख गरेको छ ।

महाशाखाका निर्देशक मोहम्मद दाउदका अनुसार जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरूले मानसिक स्वास्थ्य तालिम लिए पश्चात यो निर्देशिकालाई आधार मानेर सेवा सुरु गर्ने छन् ।

नेपालमा नसर्ने रोगहरूका कारण ६० प्रतिशत व्यक्तिहरूको मृत्यु भएको बताउँदै निर्देशक दाउदले भने, ‘‘नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३/०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगका साथै मानसिक स्वास्थ्य समस्या उपचार कार्यक्रम सुरु गर्न लागेका हौँ ।’’

उनले पहिले नेपाल सरकारले १५ भन्दा बढी गैरसरकारी संस्थासँग मिलेर मानसिक स्वास्थ्य समस्या उपचारका कार्यक्रम गर्दै आएकोमा यो वर्षबाट नेपाल सरकारले आफ्नै कार्यक्रममा यसलाई समावेश गरी सेवा दिइन लागिएको जानकारी दिए ।

पहिलो चरणमा इलाम र कैलालीबाट कार्यक्रम सुरु गरी आगामी वर्षबाट देशभरीनै मानसिक स्वास्थ्य समस्या उपचार कार्यक्रम सञ्चालनको तयारी गर्न लागिएको उनले बताए ।

यसैबर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम सुरु गरिने महाशाखाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *